काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा पेश गरेको रिट फिर्ता लिएको छ। शुक्रबार वारेसमार्फत पेश गरिएको निवेदन सर्वोच्चमा दर्ता भने भएको थिएन। प्रशासनले निवेदन अध्ययनपछि सोमबार निर्णय गर्ने जानकारी दिएपछि देउवा पक्षले सच्याउने भन्दै निवेदन फिर्ता लिएको हो।

कांग्रेसको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा संस्थापन पक्षले भदौ २६ गतेदेखि वडा अधिवेशन र असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। यसैबीच सर्वोच्च अदालतले साउन २१ गते कांग्रेस विवादसम्बन्धी मुद्दा पुनरावलोकनका लागि आदेश दिए पनि त्यसको सुनुवाइ हुन बाँकी रहेको छ।

प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com