काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बारा जितपुरसिमरा–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। उनले घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन्।
थापाले गरिमा हराएको दिनदेखि नै परिवारले राज्यको साथ र न्याय खोजिरहेको उल्लेख गर्दै सरकारसँग परिवारको पीडा र उनीहरूको अपेक्षा बुझ्न आग्रह गरेका छन्। साथै, यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई थप संवेदनशील र जवाफदेही बनाउनुपर्ने उनको भनाइ छ।
प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार













प्रतिक्रिया