काठमाडौं । गुल्मीमा बाँदर धपाउने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका–७ कुडापानीकी ५५ वर्षीया कमला पाण्डे बाँदर धपाउने क्रममा बाटोबाट चिप्लिएर करिब २५ मिटर तल खसेकी थिइन्।
गम्भीर घाइते भएकी पाण्डेलाई स्थानीयको खबरपछि प्रहरी टोलीले उद्धार गरी उपचारका लागि गुल्मी अस्पताल तम्घास पुर्याएको थियो। उपचारकै क्रममा शुक्रबार साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
घटनापछि प्रहरी सहायक निरीक्षक विष्णुबहादुर पाण्डेको नेतृत्वमा सात जनाको टोली घटनास्थलमा खटिएको थियो।
प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार













प्रतिक्रिया