काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई शनिबार काठमाडौं ल्याइएको छ। स्थानीय अभियन्तासहित उनीहरू सिमरा विमानस्थलबाट काठमाडौं आएका हुन्। �
गरिमाको हत्यामा संलग्नलाई कारबाही र परिवारलाई न्यायको माग गर्दै स्थानीयस्तरमा आन्दोलन जारी छ। काठमाडौं आएपछि गरिमाका आमा–बुवा गृह मन्त्रालय पुगेका छन्, जहाँ गृहमन्त्री सुधन गुरुङसहितको उपस्थितिमा घटनाको अनुसन्धान, दोषीमाथि कारबाही तथा पीडित परिवारका मागबारे छलफल हुने भएको छ।
यसअघि गरिमाको न्यायका लागि काठमाडौंको शान्तिवाटिकामा समेत प्रदर्शन गरिएको थियो। प्रदर्शनकारीहरूले बालबालिकामाथि हुने यस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्ने र दोषीलाई तत्काल कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्। �
प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार












प्रतिक्रिया