काठमाडौं । पोखरा महानगरपालिका–१८ लामागाउँमा मोटरसाइकल दुर्घटना हुँदा २९ वर्षीया रुपा बिकको मृत्यु भएको छ। मोटरसाइकल अनियन्त्रित भएर विद्युत् पोलमा ठोक्किएपछि बसमा समेत ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक ४३ वर्षीय रामचन्द्र बिक घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार













प्रतिक्रिया