काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हरिवन नगर, सर्लाहीका पूर्वनगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
न्यौपानेलाई कांग्रेस सभापति गगन थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका हुन्। थापाले उनलाई टीका र खादा लगाएर कांग्रेसको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरे।
कांग्रेस प्रवेशपछि न्यौपानेले लोकतान्त्रिक पार्टीमा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा जनताको सेवामा सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाए।
न्यौपानेलाई पार्टीमा स्वागत गर्दै सभापति थापाले कांग्रेसमा सक्रिय भएर काम गर्न आग्रह गरे। उनको प्रवेशले सर्लाहीमा पार्टीको संगठन विस्तार र सुदृढीकरणमा थप योगदान पुग्ने थापाले बताए।
प्रकाशित मिति: ७ भाद्र २०८३, आइतबार













प्रतिक्रिया