काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेर जय नेपाल पार्टी गठन गरेका धवलशमशेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।
राणाले शनिबार ‘हिमानी ट्रस्ट’को कार्यक्रममा सहभागी भएपछि पूर्वराजा शाहसँग भेट गरेको जानकारी दिएका छन्।
भेटवार्ताको तस्बिर उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। राणाले पूर्वराजासँगको भेट फलदायी रहेको बताएका छन्।
तर, भेटमा के–कस्ता विषयमा छलफल भयो भन्नेबारे भने उनले विस्तृत जानकारी दिएका छैनन्।
प्रकाशित मिति: ७ भाद्र २०८३, आइतबार













प्रतिक्रिया