काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
थारू कल्याणकारिणी सभाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको सत्यतथ्य सार्वजनिक गर्दै न्यायोचित ढंगले समाधान खोजिनुपर्ने बताइन्।
उनले थारू समुदायका अधिकार, पहिचान र न्यायका सवालमा आफू निरन्तर आवाज उठाउँदै आएको बताउँदै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाइन्।
मन्त्री चौधरीले थारू समुदायका जायज माग तथा मुद्दा सम्बोधन गर्न सरकार गम्भीर रहेको समेत बताइन्।
प्रकाशित मिति: ७ भाद्र २०८३, आइतबार













प्रतिक्रिया