काठमाडौं । बैतडीमा ट्राफिक नियम उल्लङ्घन गर्ने २३० सवारीसाधन एक महिनाको अवधिमा कारबाहीमा परेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार साउन महिनामा जिल्लाका विभिन्न स्थानमा गरिएको ट्राफिक जाँचका क्रममा ती सवारीसाधन कारबाहीमा परेका हुन्

कारबाहीमा परेका सवारीसाधनबाट जरिवानाबापत २ लाख २६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ। सोही अवधिमा जिल्लामा दुई वटा सवारी दुर्घटना भएको पनि प्रहरीको तथ्यांक छ।

यसैबीच, अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फैसला कार्यान्वयनका क्रममा फरार रहेका २० जना अभियुक्तलाई पनि एक महिनामा पक्राउ गरिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए।

प्रकाशित मिति: ७ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com