काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह तीन दिनको गण्डकी प्रदेशको बसाइँपछि आज काठमाडौं फर्किँदै छन्। शुक्रबार पोखरा गएका प्रधानमन्त्री शाह शनिबार मुस्ताङ पुगेका थिए।

आइतबार मुस्ताङबाट फर्किका उनी पोखरामै बास बसेका थिए। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार प्रधानमन्त्रीको नितान्त पारिवारिक भ्रमण भएकाले आफूलाई पनि धेरै जानकारी नभएको बताए। उनका अनुसार प्रधानमन्त्री शाह आज (सोमबार) काठमाडौं फर्किने छन्।

प्रधानमन्त्री शाह काठमाडौंदेखि सडकमार्ग हुँदै मुस्ताङ पुगेर फर्किएका हुन्। शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बास बसेका प्रधानमन्त्री शाह आइतबार पनि पोखराकै एक रिसोर्टमा बसेको जनाइएको छ।

प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शुक्रबार निजी भ्रमणमा निस्किएका थिए।

प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com