काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको छ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले प्रसाईंकी श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

अदालतले प्रसाईंलाई थुनामा राखिरहनुपर्ने कारण र आधार स्पष्ट गर्दै बाटोको म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ। उक्त लिखित जवाफ महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न भनिएको छ।

यससँगै सर्वोच्च अदालतले प्रसाईंको घरमा गत भदौ ४ गते खानतलासीका क्रममा बरामद गरिएको भनिएका सामानसमेत आगामी पेसीका दिन अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी परिसर भक्तपुरलाई निर्देशन दिएको छ।

 

प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com