काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगर र नेकपा (एमाले) का सांसद रामबहादुर थापाले सदनमा दिएका असंसदीय अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले छिमेकी तथा मित्रराष्ट्रहरूको शासकीय अभ्यासलाई गलत अर्थ लाग्ने गरी नेपालको शासकीय व्यवस्थासँग जोडेर सदनमा अभिव्यक्ति नदिन सांसदहरूलाई ध्यानाकर्षण गराए।
प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार













प्रतिक्रिया