काठमाडौं। डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित भगवती प्राथमिक विद्यालयकी बालविकास सहजकर्ता मन्जु देवी बोहराविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बोहराले भारतको उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद्बाट हाईस्कुल उत्तीर्ण गरेको भन्दै सन् २०१० का नक्कली अंकपत्र, प्रमाणपत्र तथा प्रव्रजन प्रमाणपत्र तयार गरी विद्यालयमा पेस गरेकी थिइन्।

उक्त नक्कली प्रमाणपत्रका आधारमा बालविकास सहजकर्ता पदमा नियुक्ति लिएर उनले पारिश्रमिक तथा अन्य सुविधा समेत प्राप्त गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

बोहराको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) विपरीत रहेको ठहर गर्दै अख्तियारले कैद तथा जरिवाना मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com