काठमाडौं । प्रेस काउन्सिल नेपालले बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा आरोपितको बयान भन्दै प्रसारित भिडियो सामग्री आचारसंहिताविपरीत भएको जनाएको छ।

काउन्सिलले घटनासम्बन्धी प्रकाशित तथा प्रसारित ३८ सामग्रीको अनुगमन गर्दा २१ वटा सामग्री पत्रकार आचारसंहिताविपरीत रहेको पाएको जनाएको छ।
विशेषगरी आरोपितको बयान भन्दै सार्वजनिक गरिएको भिडियोमा पीडित बालिकाको गोपनीयता, संवेदनशीलता र घटनाको मर्यादामा प्रतिकूल असर पर्ने सामग्री समावेश भएको पाइएपछि सम्बन्धित सञ्चारमाध्यमलाई तत्काल भिडियो हटाउन निर्देशन दिइएको थियो।

काउन्सिलको निर्देशनपछि सम्बन्धित सञ्चारमाध्यमले उक्त भिडियो हटाएको जनाएको छ।
बालबालिका तथा यौन हिंसासम्बन्धी घटनामा पीडितको पहिचान, गोपनीयता र सम्मानमा असर पर्ने विवरण वा दृश्य सार्वजनिक नगर्न प्रेस काउन्सिलले सञ्चारमाध्यमलाई पटक–पटक सचेत गराउँदै आएको छ।

प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com