काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्काले ‘अदालत सेटिङ’को आरोपमा आफ्नो नाम जोडेर प्रचार गरिएको भन्दै खेद व्यक्त गरेका छन्।

स्वतन्त्र न्यायपालिकामाथि अविश्वास सिर्जना गर्ने उद्देश्यले केही व्यक्ति तथा समूहले आफ्नो नाम जोडेर कुप्रचार गरेको भन्दै उनले गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।

सामाजिक सञ्जालमार्फत खड्काले अदालतको गरिमा घटाउने योजनाबद्ध प्रयासप्रति खेद व्यक्त गर्दै जिम्मेवार सञ्चारमाध्यमलाई समेत यस्ता विषयमा सचेत रहन आग्रह गरेका छन्।

कांग्रेसको आन्तरिक जीवनमा भएका आफूले अन्यायपूर्ण ठानेका घटनामा न्याय खोज्दै सर्वोच्च अदालतको ढोका ढकढकाएको उनको भनाइ छ। उनले उत्प्रेषण, प्रतिषेध र परमादेशसहित अन्तरिम आदेशको माग गर्दै अदालत पुगेको स्पष्ट पारे।

न्याय र स्वतन्त्रताका लागि लडेको व्यक्तिका रूपमा आफूलाई अदालतप्रति पूर्ण विश्वास र भरोसा रहेको भन्दै खड्काले सर्वोच्च अदालतबाट न्याय पाउनेमा विश्वस्त रहेको बताएका छन्।

प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com