काठमाडाैं । मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएको छ । चौधरी ग्रुपसँगको सहकार्यमा मोटोरोला कम्पनीले ललितपुरको लबिम मलस्थित QFX Cinemas मा विशेष कार्यक्रम आयोजना गर्दै नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।
स्मार्टफोनको सार्वजनिक मोटोरोला कन्ट्री हेड हरि ओम मिश्र र चौधरी ग्रुपका भाइस प्रेसिडेन्ट एस.सी. साबुले गरेका थिए । कार्यक्रममा नेपाली चलचित्र मास्टर्नीका कलाकार तथा निर्माण टिमको पनि उपस्थिति रहेको थियो । अभिनेत्री प्रियंका कार्की समेत कार्यक्रममा सहभागी थिइन् ।
मोटोरोला र चौधरी ग्रुपले चलचित्र मास्टर्नीसँग सहकार्य गर्दै स्मार्टफोन सार्वजनिक गर्नुका साथै चलचित्रको विशेष प्रदर्शनसमेत आयोजना गरेका थिए । प्रविधि र मनोरञ्जनलाई एउटै कार्यक्रममा जोड्ने उद्देश्यसहित यस्तो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा देशभरका डिलर, रिटेलर, इन्फ्लुएन्सर तथा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति रहेको थियो ।
नयाँ Motorola Edge 70 Fusion मा ५० मेगापिक्सेलको Sony-LYT 710 क्यामेरा, moto ai, ७,०००mAh ब्याट्री, ६८W TurboPower™ चार्जिङ, १४४Hz को १.५K क्वाड-कर्भ्ड डिस्प्ले तथा ५,२०० निट्ससम्मको ब्राइटनेस रहेको कम्पनीले जनाएको छ । फोनमा प्रिमियम फेब्रिक फिनिस र प्यान्टोन™द्वारा छनोट गरिएका आकर्षक रङहरूमा उपलब्ध छन् ।
यो स्मार्टफोन २९ अगस्ट २०२६ देखि नेपालभर उपलब्ध हुने र यसको सुरुआती मूल्य ६९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
यस मूल्यमा उपलब्ध फिचरलाई हेर्दा Motorola Edge 70 Fusion आफ्नो श्रेणीका प्रतिस्पर्धी स्मार्टफोनमध्ये आकर्षक विकल्प बन्न सक्ने देखिन्छ । मोटोरोला नेपालमा चौधरी ग्रुपको वितरण सञ्जालमार्फत उपलब्ध हुँदै आएको छ भने कम्पनीले बिक्रीसँगै व्यापक वितरण तथा सेवा केन्द्रको सुविधा पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।
मास्टर्नी सँगको सहकार्यमा आयोजना गरिएको यो कार्यक्रमले नेपालमा स्मार्टफोन सार्वजनिक गर्ने परम्परागत शैलीभन्दा फरक ढंग अपनाएको छ । चलचित्र, मनोरञ्जन र प्रविधिलाई एउटै मञ्चमा ल्याएर गरिएको यो सहकार्यलाई नयाँ अनुभवका रूपमा हेरिएको छ ।
प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार












प्रतिक्रिया