काठमाडौं। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुष्मा भण्डारी, करिना देवकोटा, साजन खनाल, पेमा लामा र तोमकुमारी थापा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले चेक रिपब्लिक, लिथुआनिया, फिनल्यान्ड, रोमानिया र माल्टा पठाइदिने भन्दै पीडितबाट १ लाखदेखि १२ लाख रुपैयाँसम्म लिएका थिए। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार












प्रतिक्रिया