काठमाडौं । रौतहटको परोहा नगरपालिका–५, रमनगरामा सार्वजनिक पोखरीमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ।
मंगलबार बिहान करिब ११ः३० बजे नुहाउन पोखरीमा गएका स्थानीय शेख नसरुल हकका छोरा नासिर कलाम डुबेका थिए। घटनाबारे स्थानीयले करिब १२ः३० बजे प्रहरीलाई जानकारी गराएका थिए।
सूचना पाएपछि प्रहरी घटनास्थल पुगेर आवश्यक उद्धार तथा कानुनी प्रक्रिया अघि बढाएको थियो। बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार












प्रतिक्रिया