काठमाडौं। रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यका लागि सशस्त्र प्रहरी बलले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्रता दिन विभिन्न युनिटबाट सुरक्षाकर्मी खटाइएको हो।
उद्धारका लागि १९ नम्बर गुल्म नुवाकोट, संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन बेस आदमघाट र १७ नम्बर गण चितवनबाट ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको छ।
सशस्त्र प्रहरीले बाढी प्रभावित क्षेत्रमा फसेका तथा जोखिममा रहेका नागरिकको खोज तथा उद्धारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार










प्रतिक्रिया