काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढी प्रभावितका लागि राहत तथा उद्धारमा प्राप्त हुने सहयोग राज्यको एकद्वार प्रणालीमार्फत उपलब्ध गराउने निर्णय गरेको छ।
बुधबार बसेको आकस्मिक सचिवालय बैठकपछि महामन्त्री विपीन आचार्यले राहत तथा उद्धारका लागि सहयोग गर्न चाहने सबैलाई राज्यको आधिकारिक संरचनामार्फत सहयोग गर्न आग्रह गरे। पार्टीले आफ्नै संरचनाबाट राहत वितरण नगर्ने निर्णय गरेको उनले बताए।

बैठकले विपद्को समयमा अफवाह फैलिन सक्ने भन्दै राज्यका आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्रै सम्प्रेषण गर्न सम्बन्धित सबैलाई अपिल गरेको छ।

रास्वपाले विपद् व्यवस्थापनमा सरकारले देखाएको सक्रियताको स्वागत गर्दै उद्धार तथा राहत कार्यमा पार्टीपंक्तिलाई सक्रिय रूपमा परिचालन हुन निर्देशनसमेत दिएको छ।

प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com