काठमाडौं । नुवाकोटमा बाढीका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ। प्रशासनका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ५९ जनाको उद्धार गरिएको छ, जसमा चार जनाको शव र ५५ जना जीवित छन्।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार सुरक्षाकर्मीले खोलाको किनार तथा उद्धारका क्रममा भेटिएका चारवटा शव संकलन गरेका छन्। खोलामा थप शव खोजी तथा संकलन गर्न अहिलेको अवस्थाले कठिनाइ भइरहेको उनले बताए।

बाढीबाट पाँच जनाको मृत्यु भएको खबर सार्वजनिक भए पनि हालसम्म चारवटा शव मात्रै फेला परेको र प्रशासनले चार जनाको मृत्यु पुष्टि गरेको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए।

प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com