काठमाडौँ । भोटेकोसी नदीमा आएको भीषण बाढीबाट हालसम्म ९५ जनाको शव फेला परेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बाढी प्रभावित क्षेत्रमा खटिएका ४४ नेपाली सेना, २८ नेपाल प्रहरी र १३ सशस्त्र प्रहरी गरी ८५ सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन्।
बाढीबाट भएको क्षति तथा बेपत्ताको खोजी र उद्धार कार्यलाई तीव्रता दिइएको छ। प्रभावित क्षेत्रमा सुरक्षा निकायसहित विभिन्न टोली उद्धार तथा राहतमा परिचालित छन्।
प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार













प्रतिक्रिया