काठमाडौं । रसुवागढी र आसपासको क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी रामेछाप जिल्लाका २६ जना नागरिक बेपत्ता भएको विवरण सार्वजनिक भएको छ । हालसम्म प्राप्त विवरणअनुसार उनीहरू बाढीपछि सम्पर्कविहीन भएका रामेछापबाट निर्वाचित वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले जानकारी दिएका छन् ।
बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकाय, सुरक्षाकर्मी तथा स्थानीयवासीलाई आवश्यक पहल गरिदिन परिवारले आग्रह गरेका छन् । बेपत्ता व्यक्तिका परिवारजनलाई भरपर्दो सूचना नआएसम्म नआत्तिई धैर्य गर्न अनुरोध गरिएको छ ।
प्राप्त विवरणअनुसार बेपत्ता हुनेहरूमा रामेछाप नगरपालिका, मन्थली नगरपालिका, खाँडादेवी, दोरम्बा शैलुङ, गोकुलगंगा, उमाकुण्ड र लिखु तामाकोशी गाउँपालिकाका नागरिक रहेका छन् ।
प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार












प्रतिक्रिया