काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन्।
राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै बाढीपीडितको सहयोगका लागि राष्ट्रपति पौडेलले आफ्नो एक महिनाको पारिश्रमिक कोषमा उपलब्ध गराउने जानकारी दिएको हो।
बुधबार चीनतर्फको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीमा परी ठूलो संख्यामा नागरिकको ज्यान गएको छ भने हजारौँ प्रभावित भएका छन्।
विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले राष्ट्रपति पौडेलले आफ्नो पारिश्रमिक प्रदान गर्ने निर्णय गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार













प्रतिक्रिया