काठमाडौं । नारायणी नदी किनारमा बाढीले बगाएर ल्याएको शवबाट गहना निकालेर लगेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी–त्रिवेणी गाउँपालिका–१ का २५ वर्षीय मदन गुरुङ र सुनसरी चादँबेला नगरपालिका–५ का ३८ वर्षीय उमेश चौधरी रहेका छन्। दुवै जना हाल भरतपुरमा बस्दै आएका थिए।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बगाएर ल्याएको एक शव नारायणी नदी किनारमा अड्किएको अवस्थामा फेला परेको थियो।

उक्त शवबाट दुई व्यक्तिले गहना निकालिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो।

भिडियोका आधारमा पहिचान तथा खोजी गर्ने क्रममा प्रहरीले दुवैलाई बिहीबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com