काठमाडौं। बाढीबाट प्रभावित पशुचौपायामा हुन सक्ने रोगको जोखिमलाई मध्यनजर गर्दै कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्राविधिक टोली बाढी प्रभावित क्षेत्रमा पुगेको छ।
टोलीले नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारीसँग भेट गरी उद्धार तथा राहत गतिविधिबारे जानकारी लिएको छ।
साथै, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अधिकारीसँग समन्वय गरी प्रभावित क्षेत्रमा आवश्यक औषधि, खोप तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाएको छ।
टोलीले बाढी प्रभावित पशुचौपायाको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सामग्री उपलब्ध गराइएको जनाएको छ।
प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार












प्रतिक्रिया