काठमाडौं। रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ठूलो मात्रामा सहयोग जुट्न थालेको छ।
सरकारले प्राप्त हुने सहयोग रकमलाई एकद्वार प्रणालीमार्फत संकलन गर्ने व्यवस्था गरेसँगै विभिन्न निजी क्षेत्रका कम्पनी तथा संघसंस्थाले आर्थिक सहयोग गर्न थालेका छन्।
पछिल्लो ६ घण्टामा मात्रै विभिन्न कम्पनी तथा दाताबाट अर्थ मन्त्रालयमा हस्तान्तरण भएको सहयोग रकम २७ करोड ३३ लाख रुपैयाँ पुगेको जनाइएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहयोग रकम बुझ्दै आउनुभएको छ। बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सहयोग गर्ने दातृ कम्पनी तथा संस्थाहरूको विवरणसमेत सार्वजनिक गरिएको छ।
प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार













प्रतिक्रिया