काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगमस्थलनजिक बनेको ठूलो ताल फुटेको सूचना प्राप्त भएपछि रसुवामा उच्च सतर्कता अपनाइएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षले उक्त ताल फुटेको जानकारी नेपाली पक्षलाई गराएको हो।
प्रजिअ परियारले भने, “थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ । नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ।”

ताल फुटेपछि नदीमा पानीको बहाव अचानक बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

यसअघि चीनतर्फबाट नदी थुनिएर बनेको ठूलो तालका कारण नेपालतर्फ भोटेकोशी तथा आसपासका क्षेत्रमा बाढीको जोखिम बढ्न सक्ने भन्दै स्थानीय प्रशासन र सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै आएका थिए।

ताल फुटेको सूचनापछि सम्भावित जोखिमको आकलन गर्दै नदीको बहाव र आसपासको अवस्थामाथि निगरानी बढाइएको प्रशासनले जनाएको छ।

प्रकाशित मिति: १२ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com