काठमाडौं । रसुवामा आएको बाढी पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि गैरे प्रतिष्ठान प्रालि बुटवलले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेको छ।
प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति व्यहोरेका रसुवाका बाढीपीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले प्रतिष्ठानले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
गैरे प्रतिष्ठानका निर्देशक प्रवेशराज गैरेले प्राकृतिक विपत्तिमा परेका नागरिकको पीडामा साथ दिनु सबैको सामाजिक दायित्व भएको बताउँदै सहयोग गरिएको जानकारी दिए।
उनले प्राकृतिक विपत्तिले निम्त्याएको पीडाले आफूहरूलाई समेत मर्माहत बनाएको उल्लेख गर्दै कठिन परिस्थितिमा पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरे। त्यसैले प्रतिष्ठानले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उद्धार कोषमा रकम उपलब्ध गराएको हो।पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँको सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
प्रकाशित मिति: १३ भाद्र २०८३, शनिबार













प्रतिक्रिया