काठमाडौं  धादिङमा नदीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने कार्यमा संलग्न २९ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद समेत बरामद गरिएको छ।

उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले जानकारी दिए।

प्रकाशित मिति: १३ भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com