काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि धेरै मानिस बेपत्ता भएका छन्। बेपत्ता आफन्तको खोजीमा परिवारजनहरू अस्पताल, उद्धारस्थल तथा सम्भावित सम्पर्क केन्द्रमा भौतारिरहेका छन्। कतिपयले शव तथा घाइते राखिएका स्थानमा समेत खोजी गर्दा आफन्तको अवस्था पत्ता लाग्न नसकेको गुनासो गरेका छन्।
धादिङ, नुवाकोट र सिन्धुपाल्चोकका विभिन्न परिवारले आफ्ना आफन्त बाढीपछि सम्पर्कविहीन रहेको बताएका छन्। परिवारजनले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन र पहिचान तथा सूचना व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
प्रकाशित मिति: १३ भाद्र २०८३, शनिबार













प्रतिक्रिया