काठमाडौं । रसुवा–नुवाकोट सीमामा रहेको त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मजदुर तथा कर्मचारीको उद्धारका लागि हावा पठाउन सुरु गरिएको छ।
गृहमन्त्री सुदन गुरुङका अनुसार उद्धार टोली सुरुङको माथिल्लो भागसम्म पुगेर सानो प्वाल बनाउन सफल भएको हो। उक्त प्वालमार्फत सुरुङभित्र रहेका नागरिकका लागि हावा पठाउन थालिएको उनले जानकारी दिए।
हावा पठाउन सुरु भएसँगै सुरुङ खन्ने कामलाई थप तीव्रता दिइने र उद्धार टोलीलाई सोही बाटो हुँदै सुरुङभित्र प्रवेश गराउने तयारी भइरहेको छ।
प्रकाशित मिति: १३ भाद्र २०८३, शनिबार













प्रतिक्रिया