काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको दाबी गर्दै नक्कली क्यूआर कोड तथा भौचर सामाजिक सञ्जालमा पोस्ट गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२, ठोसका ३२ वर्षीय भगवान कार्की रहेका छन्। उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
कार्कीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि स्थापना गरिएको कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको दाबी गर्दै सामाजिक सञ्जाल, विशेषगरी फेसबुकमा नक्कली भुक्तानी विवरण सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनले सहयोग गरेको देखाउन च्याटजिपिटीको प्रयोग गरी नक्कली भौचर तयार गरेको पाइएको छ। सोही नक्कली भौचर तथा क्यूआर कोडलाई वास्तविकजस्तो देखिने गरी सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो।
प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार













प्रतिक्रिया