काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानासहितको टोली बाढी प्रभावित नागरिकका लागि राहत सामग्री लिएर नुवाकोट पुगेको छ।
टोलीले नुवाकोट दरबार परिसरमा सञ्चालन भइरहेको बाढीपीडितको अस्थायी शिविरमा खाद्यान्न, औषधिजन्य सामग्री, मेडिकल किट, लत्ताकपडा तथा बालबालिकाका लागि आवश्यक सामग्री वितरण गरेको हो।
हाल उक्त शिविरमा ७६ जना बाढीपीडितले आश्रय लिइरहेका छन्। आश्रय लिनेहरूमध्ये ४७ जना १८ वर्षमुनिका बालबालिका रहेको जनाइएको छ।
बालबालिकाको आवश्यकतालाई विशेष प्राथमिकता दिँदै टोलीले खेलौना, लत्ताकपडा, भित्री कपडा, खाद्यान्नलगायत सामग्री उपलब्ध गराएको अभियन्ता ढुंगानाले बताए।
बाढीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको टोलीले जनाएको छ।
प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार













प्रतिक्रिया