काठमाडौं । रसुवामा आएको भीषण बाढीका क्रममा स्याफ्रुबेँसी क्षेत्रबाट दुई जना चालक गाडीसहित सम्पर्कविहीन भएका छन्। उनीहरूको अवस्था अझै अज्ञात रहेकाले परिवारले तत्काल खोजी तथा उद्धार गरिदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
सम्पर्कविहीन हुनेमा ओखलढुंगा–७ घर भएका प्रेम पौडेल र मिलन बिडारी रहेका छन्। उनीहरू दुवै जना स्याफ्रुबेँसी क्षेत्रमा अन्तिमपटक सम्पर्कमा आएको बताइएको छ।
उपलब्ध विवरणअनुसार प्रेम पौडेल गाडी नम्बर १८६३ र मिलन बिडारी गाडी नम्बर १८६४ सहित सम्पर्कविहीन भएका हुन्।
भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट उत्पन्न जोखिमका कारण उनीहरूको अवस्था पत्ता लाग्न नसकेको परिवारले जनाएको छ। परिवारले सुरक्षाकर्मी, स्थानीय प्रशासन, उद्धार टोली तथा सम्बन्धित सबै निकायलाई तत्काल खोजी अभियान सञ्चालन गरी उनीहरूको अवस्था पत्ता लगाउन आग्रह गरेको छ।
सम्पर्कविहीन दुवै चालकका सम्बन्धमा कुनै जानकारी प्राप्त भएमा ९८५१०६५५६६ वा ९८५१०१२१३४ नम्बरमा सम्पर्क गरिदिनसमेत अनुरोध गरिएको छ।
प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार













प्रतिक्रिया