काठमाडौं । रसुवामा आएको विनाशकारी भोटेकोशी बाढीपछि हालसम्म ८ जिल्लाबाट ७९४ जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २६४, गोरखामा ६१, तनहुँमा ३७, नवलपरासी पूर्वमा १९७ र नवलपरासी पश्चिममा १२० जनाको शव फेला परेको हो।

प्रहरीले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिँदै जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै अवरुद्ध सडक खुलाउने काम पनि गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com