काठमाडौं । बाट भएको जनधनको क्षतिप्रति चीनले गहिरो दुःख व्यक्त गर्दै नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्रीरसुवामा आएको विनाशकारी बाढी ली छियाङले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ‘यो दुःखमा नेपाल एक्लै छैन, चीन नेपाल र नेपाली जनताको साथमा छ’ भन्ने सन्देश दिएका छन्।

नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री राहत कोषका लागि २० लाख अमेरिकी डलर अर्थात् करिब साढे ३० करोड रुपैयाँको सहयोग हस्तान्तरण गरे।

त्यस्तै, चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँबराबरको नगद सहयोग पनि हस्तान्तरण गरिएको छ।
चीनले उद्धार तथा राहतका लागि थप सामग्री र दक्ष जनशक्ति पठाउने जनाएको छ। आइतबार दुई चिनियाँ जहाजमार्फत ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटलगायत सामग्री नेपाल ल्याइएको छ।

प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com