काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधनको चाप बढेको छ

सवारी चाप व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले सवारीसाधनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। प्रशासनका अनुसार मालवाहक सवारीसाधनले कान्ति लोकपथ र १४ सिटभन्दा बढी क्षमताका यात्रुवाहक सवारीसाधनले त्रिभुवन राजपथ प्रयोग गर्नुपर्नेछ।

त्यस्तै, १४ सिटसम्मका साना यात्रुवाहक सवारीसाधनलाई भीमफेदी–देउराली सडक हुँदै आवतजावत गर्न आग्रह गरिएको छ।
प्रशासनले अत्यावश्यक कामबाहेक काठमाडौंको यात्रा नगर्न, निजी सवारीसाधन अत्यावश्यक अवस्थामा मात्र प्रयोग गर्न, जथाभावी ओभरटेक नगर्न र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com