काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले विपद्का बेला उद्धार तथा राहतका नाममा भइरहेको गतिविधिप्रति कटाक्ष गरेका छन्।

बास्कोटाले सामाजिक सञ्जालमार्फत विपद्का बेला ‘नीलो क्रान्ति’ वाला भिआइपीहरूको भिडियो स्टन्टले गाईजात्रालाई समेत बिर्साउने अवस्था आएको टिप्पणी गर्दै कटाक्ष गरेका हुन्।

उनले जलवायु परिवर्तनको भयावह असरबाट विश्व नै पीडित रहेको उल्लेख गर्दै धनी राष्ट्रहरूको बेवास्ता पनि उत्तिकै रहेको बताए। विपद्का बेला सहयोग प्राप्त भइरहे पनि त्यसमा देखिने प्रदर्शनप्रति भने उनले प्रश्न उठाएका छन्।

बास्कोटाले लेखेका छन्, ‘विपतमा नीलो क्रान्तिवाला भिआइपीहरूको भिडियो स्टन्टले गाईजात्रा बिर्सायो। जलवायु परिवर्तनको भयानक असरले विश्व पीडित छ। र, धनी राष्ट्रहरूको वेमतलव पनि उस्तै। सहयोग त दिएकै छन्। तर यस्तो लाग्छ– त्यो आँशुको अन्तहीन व्यापार चलिरहन्छ।’

प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com