काठमाडौं । मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलमा जारी तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ। पहिलो खेलमै नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको हो।
बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमै ३ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा ओपनर अर्जुन कुमालले ३६ रनको अविजित इनिङ्स खेले। कप्तान रोहित पौडेल १९ रनमा नटआउट रहे भने आसिफ शेखले १८ रन बनाए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन नेपाली बलिङसामु टिक्न सकेन। ३६.२ ओभरमा ८७ रनमै अलआउट भएपछि नेपालले सहज लक्ष्य पाएको थियो।
नेपालका कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै १० ओभरमा ४ मेडनसहित १४ रन खर्चेर ५ विकेट लिए। ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिएपछि बहराइनको इनिङ्स सस्तैमा समेटिएको थियो।
बहराइनलाई ८७ रनमै रोक्दै सहज जित निकालेसँगै नेपालले प्रतियोगितामा २ अङ्क जोडेको छ।
प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार













प्रतिक्रिया