रसुवा । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस फसेको आशङ्कामा गरिएको खोजीमा कुनै व्यक्ति फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली धुन्चे फर्किएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार सेना, इन्जिनियर तथा ड्रोनसहितको टोली सुरुङको अन्तिम बिन्दुसम्म पुगे पनि त्यहाँ कुनै मानिस नरहेको पुष्टि भएपछि खोजी अभियान टुंग्याइएको हो।
बाढी र पहिरोपछि आयोजनाको सुरुङको अन्तिम भागमा मानिस फसेको हुन सक्ने आशङ्कामा विशेष प्राविधिक टोली परिचालन गरिएको थियो। टोलीले सुरुङको भित्री भागमा विस्तृत रूपमा खोजी गरेको थियो।
सुरुङभित्र मानिस नरहेको निश्चित भएपछि उद्धारमा खटिएको सैनिक टोली रसुवा सदरमुकाम धुन्चे फर्किएको हो।
यद्यपि बाढी तथा पहिरोबाट प्रभावित अन्य सम्भावित क्षेत्रमा भने सुरक्षा निकायको खोजी तथा उद्धार अभियान जारी रहेको जनाइएको छ।
प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार













प्रतिक्रिया