काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि राहतका लागि सरकारी कोषमा रकम तथा सामग्री जम्मा भए पनि प्रभावित नागरिकसम्म आवश्यक राहत पुग्न नसकेको बताएका छन्।
सोमबार पार्टी कार्यालयमा एमाले बागमती प्रदेश र राजधानी प्रदेश कमिटीले संकलन गरेको राहत रकम बुझ्दै अध्यक्ष ओलीले बाढीपीडितको अवस्था अझै दयनीय रहेको उल्लेख गरे।
सरकारी कोषमा पर्याप्त रकम तथा राहत सामग्री जम्मा भए पनि प्रभावित नागरिकले तत्काल आवश्यक खाद्यान्नसमेत पाउन नसकेको ओलीको भनाइ थियो।
उनले भने, ‘केन्द्र सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन्, राहत पुग्न पाएको छैन।’
बाढीपीडितको समस्या तत्काल समाधान गर्न एमालेले सरकारको मात्रै भर नपरी विभिन्न पक्षसँग समन्वय गरेर राहत संकलन तथा वितरणमा सहयोग गर्न खोजिरहेको ओलीले बताए।
‘यो स्थितिलाई अन्त्य गरौँ भनेर प्रयास गरिरहेका छौँ,’ उनले भने।
प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार












प्रतिक्रिया