काठमाडौं । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको छ।
ब्यूरोको भैरहवा शाखाबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन।
प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिने क्रममा ४ राउण्ड गोली चलाइएको थियो। लागुऔषध नियन्त्रण ब्यूरोका एक अधिकृतले घटनाको पुष्टि गर्दै भारतीय नागरिकलाई नियन्त्रणमा लिने क्रममा फायरिङ गरिएको जानकारी दिएका छन्।
ब्यूरो स्रोतका अनुसार पक्राउ परेकाहरूको साथबाट १५८ ग्राम खैरो हेरोइन बरामद गरिएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ भने पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।
प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार











प्रतिक्रिया