काठमाडौं । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा प्रहरीले ४ राउण्ड गोली चलाएको थियो।
प्रहरीले उनीहरूको साथबाट १५८ ग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनाको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन।
प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार











प्रतिक्रिया