काठमाडौं। आइएमई ग्रुपअन्तर्गतका कम्पनी तथा एसोसिएट कम्पनीहरूले प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ सहयोग गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको जानकारी दिए। उनले विपद्पछि राहत तथा उद्धारका लागि सरकार, निजी क्षेत्र र आम नागरिक एकजुट हुनुपर्नेमा जोड दिए।
त्यस्तै, विदेशबाट नेपालमा रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क सेप्टेम्बर १० सम्म निःशुल्क गरिएको उनले बताए। विदेशमा रहेका नेपालीले प्रधानमन्त्री राहत कोषमा सहज रूपमा रकम पठाउन सकून् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
ढकालका अनुसार हालसम्म विदेशबाट करिब २० हजार कारोबारमार्फत १६ करोड रुपैयाँ राहत कोषमा जम्मा भइसकेको छ।
प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार











प्रतिक्रिया