काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल र जापानी विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच सोमबार टेलिफोन वार्ता भएको छ। वार्तामा नेपालमा पछिल्लो समय विकसित परिस्थितिबारे छलफल भएको थियो।
जापानी विदेशमन्त्री मोटेगीले नेपालमा भएको विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाली जनता र नेपाल सरकारप्रति ऐक्यबद्धता जनाएका छन्।
परराष्ट्रमन्त्री खनालले खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिए। साथै, विपद्को कठिन समयमा नेपालप्रति ऐक्यबद्धता जनाउँदै सहयोगका लागि तत्परता देखाएकोमा उनले जापान सरकारप्रति आभार व्यक्त गरे।
रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला दुई मन्त्रीबीच टेलिफोन वार्ता भएको हो।
प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार












प्रतिक्रिया