काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी बाढीपीडितको राहतका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्।
सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकमा आङ्देम्बेले उक्त सहयोग गर्ने जानकारी दिएका हुन्। उनले विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले आफ्नो पारिश्रमिक उपलब्ध गराउने बताएका छन्।
प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार












प्रतिक्रिया