काठमाडौं । भोटेकोशी बाढीबाट क्षतिग्रस्त विद्युत् संरचना पुनःस्थापना गर्दै प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्न ऊर्जा मन्त्रालयले काम तीव्र बनाएको छ। रसुवा र नुवाकोटमा प्राविधिक टोली परिचालन गरी विद्युत् आपूर्ति पुनःस्थापनाको प्रयास भइरहेको छ।

साञ्जेन जलविद्युत् आयोजनालाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी गरिएको छ भने तत्काल विद्युत् पुर्‍याउन नसकिने दुर्गम क्षेत्रमा सौर्यलगायत वैकल्पिक ऊर्जा प्रयोग गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। साथै, त्रिशूली–३ ए सुरुङमा फसेकाहरूको उद्धार कार्य पनि जारी रहेको छ।

प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com