काठमाडौं। विनाशकारी बाढीका कारण पुल भत्किएर सडक सम्पर्क प्रभावित भएका तीन स्थानमा तत्काल बेलिब्रिज राख्न सरकारले अध्ययन थालेको छ। प्रधानमन्त्री बालेन शाहका अनुसार नुवाकोटको देवीघाटस्थित तादी नदी, त्रिशूली बजार र बेत्रावती बजारमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ।

रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन अस्थायी पुल निर्माणलाई सरकारले प्राथमिकता दिएको छ। भारतबाट २३० फिट लामो मोडुलर स्टिल ब्रिज प्राप्त भएको तथा थप बेलिब्रिज ल्याउने तयारीसमेत भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।

प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com