काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालले हालै आएको भीषण बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउन आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।

विपद्बाट प्रभावित नागरिकलाई तत्काल सहयोग आवश्यक रहेको भन्दै सभामुख अर्यालले आफ्नो पारिश्रमिक सहयोग गर्ने निर्णय गरेका हुन्।

त्यसैगरी, संघीय संसद् सचिवालय र सभामुखको सचिवालयमा कार्यरत कर्मचारीहरूको पारिश्रमिकबाट पनि नेपाल सरकारको निर्णयअनुसार रकम कट्टा गरी सोही कोषमा जम्मा गरिने जनाइएको छ।

विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना राज्यसँगै सबैको साझा दायित्व भएको उल्लेख गर्दै सभामुख अर्यालले सहयोगका लागि आह्वानसमेत गरेका छन्।

प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com